बलिउड सेलेब्सको ‘स्टण्ट’ « Khabarhub

बलिउड सेलेब्सको ‘स्टण्ट’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म बनाउन गाह्रो छ । किनकी एउटा टिमले महिनौँसम्म मेहनत गरेपछि मात्र फिल्म बन्छ । फिल्म बनाउन जति गाह्रो छ, त्यति नै हलसम्म दर्शक ल्याउन पनि । दर्शकमाझ फिल्म आउँदै छ भन्ने नोटिस गराउन निर्मातालाई हम्मे हम्मे नै पर्छ । त्यसैले फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भरपर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनीत फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’ को सहारा लिए ।

अभिनेता वरुण धवन र कियारा आडवाणी पछिल्लो फिल्म ‘जुग—जुग जियो’को प्रमोसनको समयमा एक होटलमा कसैको विवाहको ‘प्री-वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे । यो एक फिल्म प्रमोसनको एक शैली नै थियो । वरुण र कियारा एक उदाहरण मात्र हुन् । बलिउडका अन्य केही कलाकार छन्, जसले फिल्म प्रमोसनका लागि अनेक ‘स्टण्ट’ गर्न पछि परेनन् ।

अभिनेत्री आलिया भट्टले फिल्म ‘टू स्टेट्स’ को रिलिज अघि नै आफ्नो इन्गेजमेन्ट हुने घोषणा गरिन् । यो घोषणाले उनका कयौं फ्यान दुःखी भए । तर, जब उनीहरुले आलियाको यो निर्णय केवल फिल्म प्रमोसनका लागि मात्र भएको थाहा पाएपछि उनीहरूले राहतको महसुस गरे । अभिनेता शाहरुख खानले फिल्म ‘जब हेरी मेट सेजल’ का लागि यस्तै अनौठो तरिका अपनाए । उनले अहमदाबादमा रहेका सेजल नामका कयौं युवतीसँग भेटघाट गरे । जुन बेला उनलाई भेट्न करिब ७ हजार सेजल नामका युवती नै आएका थिए ।

रणवीर सिंहका हरेक काम अन्तरंगी शैलीको हुन्छ । त्यसकारण पनि उनको प्रमोसन तरिका विशेष हुन्छ । केही वर्षअघि रिलिज फिल्म ‘सिम्बा’ मा उनले यस्तै शैली अपनाए । उनले फिल्म हलको छतमा चढेर फिल्मको गीतमा नृत्य नै गरे ।

अभिनेत्री विद्या वालनको फिल्म ‘कहानी’ निकै लोकप्रिय भयो । यो फिल्मको प्रमोसनका लागि विद्याले अपनाएको प्रमोसन शैली निकै रोचक थियो । फिल्ममा उनी एक गर्भवती महिला छिन् र आफ्नो पतिलाई खोज्नका लागि उनी निस्कन्छिन् । फिल्मको प्रमोसनका लागि उनी हरेक स्थानमा नक्कली गर्भवती भएर देखिइन् । संयोग नै मान्नुपर्छ, उनको यो तरिकाले काम गर्यो र फिल्म हिट साबित भयो ।

आमिर खानको फिल्म ‘गजनी’ बाट उनको हेयरस्टाइल निकै लोकप्रिय भयो । फिल्मको रिलिजअघि अभिनेताले नाई बनेर मानिसहरको कपाल नै काटे । आफ्नो लुकबाट प्रभावित भएर उनले कयौं फ्यानलाई गजनी लुक नै बनाइदिएका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ५४ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको