र्‍यापर गायक यमबुद्धको सालिक निर्माण हुने | Khabarhub Khabarhub

र्‍यापर गायक यमबुद्धको सालिक निर्माण हुने


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले र्‍यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ ।

महानगरपालिकाले संशोधनसहित आज पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्‍याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको हो ।

यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन ।

नेपाली र्‍याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए । वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : १४ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता