बेलायत नेपालको महत्त्वपूर्ण विकास साझेदार :  प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

बेलायत नेपालको महत्त्वपूर्ण विकास साझेदार :  प्रधानमन्त्री देउवा


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्त्वपूर्ण विकास साझेदार भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिँदै दुई मुलुकसँग दुई सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा माग सम्बन्धित क्षेत्रसम्म पुराउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

देउवाले आइतबार हुने विशेष समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारहरूले नेपाल–बेलायत सम्बन्ध मजबुत पार्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।

उनले सन् १९९० पछि नेपालीहरू संसारभर पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए ।

देउवाले प्रवासबाट सञ्चालित नेपाली सञ्चार माध्यमहरूले गैर आवासीय नेपालीहरुलाई नेपालसँग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्या पहिल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ५७ बजे

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं – क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको

शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर