बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि « Khabarhub

बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ।

३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मतले पछ्याइरहेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँरले २१७२ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्।

यो समाचार तयार पार्दासम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ। तीन वटै वडा अध्यक्षमा एमालेले जित निकालेको छ।

वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर ९ मा मीनबहादुर सिंह र वडा नं. १० मा दलबहादुर साउद विजयी भएका हुन्।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : २३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका