बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस   « Khabarhub

बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस  


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- ग्रामीण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ ।

संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र सिकाई सामग्री सहयोग पनि गर्दै आएको जिएसएस मुगुले जनाएको छ ।

युनाईटेड मिसन टु मुगु क्लष्टरको आर्थिक सहयोग र संस्थाको सहजीकरणमा गाउँपालिकाका ३९ वटा विद्यालयमा करिब दुई करोड बराबरको सहयोग गरेको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार साथै गरिब विपन्न, असहाय, अपांगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै आइरहेको छ ।

स्थानीय तहका दलित, विपन्न परिवारका छोरीलाई उच्चशिक्षा, प्राविधिक तहसम्मको शिक्षा समेत दिँदै आएको छ । यो कार्यक्रमले जिल्लाका दुई दर्जनभन्दा बढी दलित छात्राले लाभ लिइरहेका छन् ।

संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रमअन्तर्गत सोरुका लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न सीप प्रदान गरेको रावलको भनाइ छ ।

कार्यक्रमअन्तर्गत एक दर्जनभन्दा बढीले आर्यआर्जन,  बंगुरपालन , सिलाई कटाई, खरायो पालन, कुखुरा र बाख्रा पालन गरी आयआर्जनमा फड्को मारेको युएमएन मुगुका कार्यालय प्रमुख तेजेन्द्र सिंजालीले बताए ।

सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा बसाई व्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म, बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामग्री किताब राख्ने दराज, शौचालय भवन निर्माण लगायत काम गरेको संस्थाले जानकारी दिएको छ ।

विकासका सन्दर्भमा राहत वितरण होस या जुनसुकै काम गर्न खोज्दा राजनीतिक हिसाबले गर्दा सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : २९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट