कपिलले सुनाए ‘डिप्रेसनको कथा’ « Khabarhub

कपिलले सुनाए ‘डिप्रेसनको कथा’


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्मा हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । कपिलले गत जुनबाट अमेरिका/क्यानाडा टुर गरिरहेका छन् । यसैले गर्दा अहिले उनी टेलिभिजनमा छैनन् । उनले केही समयका लागि आफ्नो ‘द कपिल शर्मा शो’ ब्रेक लगाएका छन् । आफ्नो कमिक टाइमिङले लोकप्रिय बनाएको कपिलको ओटीटी शो ‘आई एम नट डन येट’ पुनः लोकप्रिय भइरहेको छ ।

यसलाई लिएर सामाजिक सञ्जालमा चर्चा पुनः सुरु भएको हो । टिभीमा शो बन्द भएपछि दर्शक उनकै पुरानो शो हेरिरहेका छन् । यसैक्रममा उनले आफ्नो डिप्रेसनको समयको विषयमा सुनाएको कुराहरूले अहिले चर्चा पाएको हो । कपिल डिप्रेसनको सिकार हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन् । कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए ।

‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थेँ । मेरो कुकुर जन्जिर पनि मसँगै हुन्थ्यो । किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे । त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थेँ । मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ । त्यस कारण बिहान पुनः शो हेर्थेँ’, उनले भनेका छन् ।

कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे । तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो । उनले आफ्ना साथीभाइलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए । तर साथीहरूले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे । अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए । डिप्रेसनबाट निस्किएपछि कपिल पुनः आफ्नो लयमा फर्किए । उनले प्रेमिका गिन्नी चथरथसँग विवाह समेत गरे । पुनः कपिल आफ्नो लयमा छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ३८ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर