'कुछ कुछ होता हे' मा यसकारण काजोलले हेयरबेण्ड लगाएकी थिइन् | Khabarhub Khabarhub

‘कुछ कुछ होता हे’ मा यसकारण काजोलले हेयरबेण्ड लगाएकी थिइन्


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माता करण जोहरको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् । फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयरबेण्ड निकै लोकप्रिय भएको थियो । काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो । जुन रहस्यलाई वर्षौपछि करणले हालैमात्र खुलाए ।

करणले ‘द बिग पिक्चर’मा ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए । करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।

‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन । तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्टपछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भने ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ४९ बजे

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले