शेखर समूहका पदाधिकारीहरुको बैठक छुट्टै बस्ने « Khabarhub

शेखर समूहका पदाधिकारीहरुको बैठक छुट्टै बस्ने


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने यो समूहको बैठक बस्न लागेको हो।

बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो समूहको एकीकृत धारणा बनाउन छलफल हुने बताइएको छ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा पार्टी पदाधिकारी बैठक बोलाएका बेला शेखर समूहको बैठक बालुवाटारमा बस्ने भएको हो।

कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न र भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्नेलगायतका विषयमा निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ३८ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन