विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख | Khabarhub Khabarhub

विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन्।

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभुल्न पनि आग्रह गरेका छन् ।

सभामुख सापकोटाद्वारा जारी सन्देशमा भनिएको छ, ‘फरकफरक जातजाति र धर्मावलम्बीले आफ्ना मौलिक रीतिरिवाज एवं चाडपर्व मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्वित भइरहेका छन्, नेपालीपनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको छ ।’

सामूहिकरुपमा नमाज पढेर र आफन्त तथा प्रियजनसँग शुभकामना साटासाट गरी मनाइने यो पर्वले शान्ति र भाइचाराको सन्देश दिने विश्वाससमेत उनले व्यक्त गरेका छन् । बकर इद पर्वले हामीबीच मजबुत राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना पनि सभामुख सापकोटाले गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ४९ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ ।

आज ४३औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय