रणवीरले नै मागेका थिए ‘डबल रोल’  « Khabarhub

रणवीरले नै मागेका थिए ‘डबल रोल’ 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट दर्शकमाझ कमव्याक गर्दै छन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दै छन् ।

यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालै मात्र उनले फिल्म ‘शमशेरा’ को बारेमा खुलेर कुरा गरेका छन् । ‘जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकि स्क्रिनमा म रोमान्टिक हिरोको रूपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्‍याे, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जस कारण मैले शेराको भूमिका पनि म नै गर्छु भनेँ । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु’, रणवीरले भनेका छन् ।

रणवीरले ‘शमशेरा’ का लागि निकै लुक टेस्ट दिनुपरेको थियो । यो चरित्र शारीरिक रूपमा पनि चुनौतीपूर्ण रहेकाले उनले निकै मेहनत गरेका थिए । रणवीर आफ्नो १५ वर्षे करियरमा पहिलो पटक कुनै पिरियड एक्सन फिल्मको हिस्सा बन्दै छन् र पहिलो पटक नै दोहोरो भूमिकामा देखिँदै छन् ।

यो फिल्मको सुटिङको किस्सा आफैँमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थेँ र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुटकारा पाउन म घर गएर २० पटकसम्म नुहाउँथे । तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्विमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।

फिल्ममा उनको दोहोरो भूमिका छ । उनको को-स्टार छिन् वाणी कपूर । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् भने यसलाई करण मलहोत्राले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ३१ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको