विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो | Khabarhub Khabarhub

विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७० औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी संवत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । 

ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ वस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन रहिआएको छ । यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकै छ ।

यो पर्वका बेला हैसियत हुने मुस्लिम हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् भने अन्यले आफ्नो घरमा जनावरको कर्बानी (बलि) दिने गर्दछन् । उक्त कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्नो परिवार, अर्को भाग छिमेकी तथा इष्टमित्र र अर्को एक भाग गरीब तथा दिन दुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायले आफन्तजनसँग एकआपसमा अङ्गालो हाली शुभकामना आदान प्रदान गर्नाका साथै युवायुवती, केटाकेटी  विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेयपदार्थ खाएर  रमाइलो गरेका छन् । यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी (बलि) को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालनमा नराख्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ३३ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका