गीत चोरी बारे इन्दिराको प्रतिक्रिया – अरूले गर्दा ट्रेण्ड हामीले गर्दा कपी « Khabarhub

गीत चोरी बारे इन्दिराको प्रतिक्रिया – अरूले गर्दा ट्रेण्ड हामीले गर्दा कपी


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन्। जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका विवादमा तानिइन् ।

सामाजिक सञ्जालको युगमा उनलाई चोरीको आरोप पनि त्यहिबाट लाग्यो । सामाजिक सञ्जालमा उनका प्रशंसक अंग्रेजी गीतसँग रचना शैली मिलेको भन्दै आलोचनामा खनिए । तर इन्दिराले यसलाई ट्रेन्ड स्टाइलको रुपमा अथ्र्याएकी छन् ।

उनी लेख्छिन्, ‘अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला । अरुले त्यही काम गर्दा स्टाइल र ट्रेण्ड हुन्छ । तर हामीले प्रयोगमा ल्याउँदा कपी । ध्वनि र प्रविधिको ज्ञान र प्रयोगमा हामी पछि छौं । तर विचारमा त झनै पछि रहेछौं ।’ आफ्नो गीत जुन अंग्रेजी गीतसँग मिल्दोजुल्दो छ, त्यो पनि अर्को अंग्रेजी गीत बाल्टन बिट बक्सको ‘हर्मेटिको’सँग प्रभावित देखिएको भन्दै इन्दिराले आफ्नो बचाउ प्रयास गरेकी छन् ।

उनी अझैँ चोरी स्वीकार्न तयार छैनन् । उनले आफुले स्टाइल भित्र्याएको अर्थ्याएकी छिन् । चोरी ढाक्न गरेको इन्दिराको यो तर्कले झन् उनकै पोल खुलेको छ । सर्जकले त सकभर आफ्नै मौलिक सिर्जनाको प्रयास गर्ने हो । अरुले चोरी गरेछ भने पनि हतोत्साह गर्ने हो । तर इन्दिराले त ‘डर्टी टक’ नै चोरेको रैछ भन्ने आसय व्यक्त गर्नुले अरुले चोर्न हुन्छ मैले किन नहुने ? भनेर उनले नै चोरी स्वीकारेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लखेको स्टाटसमा विभिन्न प्रतिक्रिया छन् । धेरैले उनलाई ,’गीत चोरेको होकी होइन ?’ भन्ने प्रश्न गरेका छन् । उनले स्टाटसमा भने स्टाइल र ट्रेन्डलाई प्रयोगमा ल्याएको बताएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ४९ बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित