यातायात कार्यालय जगातीबाट नसार्न माग « Khabarhub

यातायात कार्यालय जगातीबाट नसार्न माग


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको उनीहरूको आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप लगाए । पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दाबी गरे ।

कार्यालय अहिले अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमि भक्तपुरको राधेराधेबाट करिब पाँच सय मिटरभित्र कालोपत्रे सडकसँगै पुरानो घरमा सारेको छ । कार्यालय पाँच वर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ३० बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस