बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ? « Khabarhub

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान जारी गरेको अद्यावधिक विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै केही खण्डमा एकतर्फी मात्र गाडी सञ्चालन भइरहेका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही राजमार्गकै बेनीघाट रोराङ-१० जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। चितवनको बेनीघाट रोराङ-१० जवाङखोला खण्डमा सडक मर्मतपछि एकतर्फी गाडी चलिरहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पूर्ण अवरुद्ध छ भने जिल्लाका अन्य मुख्य राजमार्गसमेत बन्द रहेका छन्। नुवाकोटको बेत्रावती-१० सिमटारमा आएको बाढीले पासाङ ल्हामु सडक खण्ड ठप्प पारेको छ।

टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोला क्षेत्रमा सम्भावित बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समय (राति १० देखि बिहान ५ बजेसम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको काभ्रे खण्ड (खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी) मा भने अवस्था हेरेर बिहान ४ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न दिइएको छ।

उता कर्णाली प्रदेशअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ७ : ३४ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र