योजनाबद्धरुपले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न अध्यक्ष थापाको माग | Khabarhub Khabarhub

योजनाबद्धरुपले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न अध्यक्ष थापाको माग


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्ने भनी संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन् । 

उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने धारणा राखे । नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिवर्तनमा राप्रपाको कुनै आपत्ती नरहेको उनले बताए ।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकुल नरहेको धारणा राखे ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ४८ बजे

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी

धरान– सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको

पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध

चौतारा– भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द

जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु, आमाछोरी बिरामी 

काठमाडौं– रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु

कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न

चण्डीगढ– नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक बसेको

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौं– सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल