परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए।

विदेश विभाग प्रमुख लिउ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेको हो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : २५ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको