जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण « Khabarhub

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरएको छ । जापानको राष्ट्रिय प्रसारक संस्था एनएचकेले आइतबार मतदानमा सहभागीसँग गरेको सर्वेक्षणबाट यस्तो प्रक्षेपण गरेको हो ।

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यसअघि उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानिएको थियो । उक्त घटनामा सख्त घाइते भएका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको थियो ।

तर गोली लागि अत्यधिक रक्तश्राब भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का लागेको र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ३७ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२