जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण | Khabarhub Khabarhub

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरएको छ । जापानको राष्ट्रिय प्रसारक संस्था एनएचकेले आइतबार मतदानमा सहभागीसँग गरेको सर्वेक्षणबाट यस्तो प्रक्षेपण गरेको हो ।

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यसअघि उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानिएको थियो । उक्त घटनामा सख्त घाइते भएका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको थियो ।

तर गोली लागि अत्यधिक रक्तश्राब भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का लागेको र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ३७ बजे

बालअधिकार अभियान्ता भुवनलाई वर्ल्ड जुरिस्ट सम्मान पदक

काठमाडौं– न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले

डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो : उपाध्यक्ष सबिना 

काठमाडौं– अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारहरूको

योगेशले भने- कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमै गोली लागे जस्तो भएछ

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपाल विद्युत प्राधिकरणका

‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत– ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई

ओलीको निम्तो पाएका मस्कले सगरमाथामा चलाए अवैध इन्टरनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ७ गते