महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित « Khabarhub

महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ।

समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।

फ्रान्सले सबैखाले प्रतियोगिता गरि आफ्नो जित यात्रालाई १५ खेल सम्म कायम राखेको छ । खेलको नवौ मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै म्यारी एन्टोनेटी काटोटाले फ्रान्सको अग्रता दोब्बर पारिन् ।

३८औं मिनेटमा डेल्फिने कास्कारिनोले फ्रान्सको अग्रता थप बढाएकी थिइन । त्यसको दुई मिनेटपछि गिएरोले फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाएकी थिइन् ।

पहिलो हाफको अन्तिम मिनेटमा गिएरोले ह्याट्रिक पूरा गर्दै फ्रान्सको अग्रता ५-० मा पुर्याइन् । ७६औं मिनेटमा इटालीका लागि मार्टिना पाइमोन्टेले सान्त्वना गोल गरिन् ।

समूह ‘डी’ कै अर्को खेलमा बेल्जियम र आइसल्यान्डले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : २२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका