कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता « Khabarhub

कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) काबीच द्विपक्षीय सम्झौता भएको छ ।

अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

द्विपक्षीय सम्झौताबाट दुई संस्थाबिच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एवं विद्यार्थीको क्षमता वृद्धि र अन्य शैक्षिक कार्य सञ्चालन गर्न सकिने सम्भावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा. शिवचन्द्र ढकालले जानकारी दिए ।

सहकार्यबाट सहभागितामूलक अनुसन्धान र प्रसारका क्रियाकलापलाई लागू गर्न विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रूपमा तोकिएको छ ।

विश्वविद्यालयका अनुसन्धान एवं प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार इसिमोडबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लागू हुन लागेको ब्रेस–ग्रेप परियोजनाको अनुसन्धानमूलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिक सहयोग, साझेदारीमा अनुसन्धान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भूमिकामा सहयोग गरिने छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ११ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६