कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता | Khabarhub Khabarhub

कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) काबीच द्विपक्षीय सम्झौता भएको छ ।

अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

द्विपक्षीय सम्झौताबाट दुई संस्थाबिच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एवं विद्यार्थीको क्षमता वृद्धि र अन्य शैक्षिक कार्य सञ्चालन गर्न सकिने सम्भावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा. शिवचन्द्र ढकालले जानकारी दिए ।

सहकार्यबाट सहभागितामूलक अनुसन्धान र प्रसारका क्रियाकलापलाई लागू गर्न विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रूपमा तोकिएको छ ।

विश्वविद्यालयका अनुसन्धान एवं प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार इसिमोडबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लागू हुन लागेको ब्रेस–ग्रेप परियोजनाको अनुसन्धानमूलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिक सहयोग, साझेदारीमा अनुसन्धान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भूमिकामा सहयोग गरिने छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ११ बजे

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक