मर्स्याङदीका भूमिहीनलाई लालपुर्जा दिन निस्सा वितरण सुरु « Khabarhub

मर्स्याङदीका भूमिहीनलाई लालपुर्जा दिन निस्सा वितरण सुरु


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लमजुङको सहकार्यमा मर्स्याङ्दी गाउँपालिकाले वडाको समन्वयमा निस्सा वितरण  गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, आयोगका विज्ञ सदस्य, वडाध्यक्ष सहितको टोलीले निस्सा वितरण गरेको हो ।

भूमिहीन सुकुम्वासी पहिचान भएका व्यक्तिलाई निस्सा प्रदान गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो लालपुर्जा वितरण गरिने बताए।

आयोगका जिल्ला अध्यक्ष  दामोदर अधिकारीले भूमिहीन र अव्यवस्थित बसोबासलाई अभिमुखीकरण गर्दै निस्सा वितरण विधि र कानुनी प्रावधानको बारेमा जानकारी गराए  । आयोगले सम्बन्धित पालिकाको सहकार्यमा काम गरेको भन्दै सम्भवतः आगामी दसैँ भित्रमा सम्बन्धित परिवार तथा व्यक्तिको हातहातमा लालपुर्जा उपलब्ध गराइने बताए।

कार्यक्रममा अध्यक्ष अधिकारीले अव्यवस्थित बसोबासीहरूको हकमा यदि गरिब पहिचान भएमा ३५ प्रतिशत छुटमा भोगचलन गरिरहेको जग्गा प्राप्त गर्ने जानकारी गराए । गरिब पहिचान नभएको खण्डमा भने सम्बन्धित परिवारले जग्गाको मूल्यसहित २०० प्रतिशतसम्म कर तिर्नुपर्ने आयोगले जनाएको छ । यदि कसैले छलकपट गरी सुकुम्वासी लालपुर्जा लिने प्रयास गरेको वा लिएको पाइएमा कैद सहित जरिवाना सजाय हुने कानुनमा उल्लेख छ ।

मर्स्याङ्दी  गाउँपालिकामा ७८ भूमिहीन र १७७ अव्यवस्थित गरी २५५ व्यक्ति तथा परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी भरतराज बास्तोलाले जानकारी दिए  ।

आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । जिल्लामा हालसम्म संकलन भएका निवेदनहरूमा स्थानीय तहको सिफारिसअनुसार आवश्यक प्रक्रियाअघि बढाउने काम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपश्चात भूमिहीन सुकुम्वासीले १३० वर्गमिटर जग्गा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३० बजे

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा

अल्टिमेटमपछि सुकुम्वासी आक्रोशित, विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्वासीहरूलाई भोलि १२