काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति « Khabarhub

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने मन्त्री चौधरीको स्पष्टोक्ति


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी  र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौँवासीलाई खानेपानीको अभाव हुन नदिने बताएका हुन् ।

उनले मेलम्चीको विकल्पको रूपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए । मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लागि टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बित्तिकै मेलम्चीको पानी ल्याउने बताए ।  एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दाबी गरे ।

यसअघि चैत्र २४ गते बसेको मन्त्रपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको सालिक बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ३५ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित