रूसी ग्यास जर्मनी पुर्‍याउने नोर्ड स्ट्रीम १ पाइपलाइन बन्द « Khabarhub

रूसी ग्यास जर्मनी पुर्‍याउने नोर्ड स्ट्रीम १ पाइपलाइन बन्द


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाल्टिक सागर भएर जर्मनी जाने रूसी ग्यास नोर्ड स्ट्रीम १ पाइपलाइनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ ।

यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताएका छन् ।

चेक गणतन्त्रका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो ।

मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल