तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित | Khabarhub Khabarhub

 तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताए । 

तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न यो विधेयक ल्याइएको जनाउँदै गृहमन्त्री खाणले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यस्ता पदार्थ दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताए । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : १२ बजे

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क