कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज जारी रहने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको बैठकको तेस्रो दिन पनि स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।

मंगलबार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

प्रवक्ता प्रकाशशरण महतले मंगलबार आगामी चुनावमा कसरी जाने भन्नेमा नेताहरूको मिश्रित प्रतिक्रिया आए पछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको बताएका थिए। गठबन्धन गर्नुपर्ने पक्षमा बलियो मत रहे पनि कसरी गर्ने भन्ने बारेमा छलफलबाट निर्णय हुने उनले बताएका थिए।

आगामी निर्वाचनका लागि पार्टीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान फेरि सञ्चालन गर्नेसमेत बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ३९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम