चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै « Khabarhub

चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् ।

गत आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ बुधबार स्वदेश फर्कन लागेका हुन् ।

लिउ पौने १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

हिजो तेस्रो दिन मंगलबार तीन जना कम्युनिस्ट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेका लिउले दोस्रो दिन सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ०७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै