युनियनको अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा « Khabarhub

युनियनको अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन नजिकिँदै गर्दा चुनावी माहोलको गतिविधि बढ्दो छ । आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्।

‘मैले साथीहरुसँगको छलफलपछि पाएको प्रतिक्रिया र साथीहरूको मनस्थिति बुझेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । मैले पत्रकारहरूको लागि उम्मेदवारी दिएको हुँदा कुनै नेताको दबाबमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिन्न’ सरोजले भने । उनले आफू उम्मेदवार नहुने वा अरु कसैलाई सघाउ भन्ने पक्षमा नरहेको समेत प्रस्ट्याए । अधिकारले भने, अब म अध्यक्षको उमेदवारीबाट पछि हट्ने छैन।

यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशील पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले आज भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए। 

उनको घोषणा कार्यक्रममा संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ नेपाल, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरूको सहभागिता थियो। उनले उपस्थित पत्रकारहरूमाझ आफ्नो प्रतिबद्धता पत्र छिटै सार्वजनिक गर्ने बताए। 

‘मेरो काम र प्रतिबद्धता पत्रकार बाहेकको पक्षमा हुनेछैन । निर्धारित समयमै प्रेस युनियनले अर्को नेतृत्व चुन्न पाउने गरि कार्यशैलीलाई अगाडि बढाउने छु’ अध्यक्ष पदका उम्मेदवार अधिकारीले बताए । अध्यक्ष पदमा यसअगाडि नै शिव लम्साल , अनिता बिन्दुले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । युनियनको नवौँ महाधिवेशन साउन ६ र ७ हेटौडामा हुँदैछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : १६ बजे

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले