सरकारको १ वर्ष : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धा भत्तासम्म  (पूर्णपाठ)  | Khabarhub Khabarhub

सरकारको १ वर्ष : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धा भत्तासम्म  (पूर्णपाठ) 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एक वर्ष भरी सरकारले गरेका ४२ कामको विवरण सार्वजनिक गरेको हो ।

सरकारले पहिलो उपलब्धिका रूपमा केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउने कामलाई लिएको छ ।

संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ । विवरणमा वृद्धा भत्ताको उमेर घटाइएको देखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको विषय पनि उल्लेख छ ।

त्यस्तै स्यानिटरी प्याड आयातमा बजेटमार्फत भन्सार छुट दिने निर्णय गरिएको विषयलाई पनि उपलब्धिको रूपमा उल्लेख गरिएको छ। भूमि आयोग गठन गरी भूमिहीन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी गरिएको पनि विवरणमा उल्लेख छ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ०१ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता