बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेशलाई स्वीकृति


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आजको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा ढिलो गरी बसेको थियो । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको हो । 

त्यस्तै बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको छ । यस्तै आजको बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा सत्तापक्षका पाँच जना र प्रतिपक्षका सात जनाले प्रदेश र राष्ट्रको वर्तमान अवस्थाका बारेमा  धारणा व्यक्त गरेका थिए । बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री एवं एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार कटुवाल, शान्तिप्रसाद पौडेल, जुनेलीमाया श्रेष्ठ र देवकी श्रेष्ठ र विवेकशील साझा पार्टीका तीनमध्ये दलका नेता रमेश पौड्याल गरी सात जना प्रतिपक्षका सांसदहरू मात्रै उपस्थित थिए  ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगन भएको घोषणा गरेका थिए । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : १७ बजे

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न

अदालतकाे कार्यशैलीप्रति संसदमा साेविताकाे प्रश्नैप्रश्न : न्यायिक प्रक्रियाको ह*त्या हुँदैछ

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेविता गाैतमले संसदमा

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु– जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन