जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए ।

जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र सांस्कृतिक क्रान्ति भएको उनको भनाइ छ । सोही प्रेरणाका आधारमा कम्युनिष्ट नेता ठाँउमा पुग्दा गर्ने रहेछन् भन्ने विश्वास जनतालाई दिलाउनका लागि समाजवादी वडा कार्यक्रमको थालनी गर्न लागेकोसमेत उनले बताए ।

प्रदेश सरकारले समाजमा पिछडिएकाका लागि छानाको व्यवस्था गरिदिने बताउँदै उनले साउनदेखि नै वनकरियाको घर बनाउन सुरु गरिने जानकारी दिए ।

आजको एकलसाँझ चार दशकभन्दा लामो समयदेखि अनवरतरूपमा जनताका पक्षमा गीत गाउँदै आएका जीवन शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो ।

शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ गीत गाउँदै मुख्यमन्त्री पाण्डेसहित सहभागी प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि र साहित्यकारलाई आफूसँगै नचाएका थिए ।

दर्जनौँ गीत प्रस्तुत गर्दै गायक शर्माले ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई सिसाको महल’लगायतका गीत प्रस्तुत गरे ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ५४ बजे

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो