उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार | Khabarhub Khabarhub

उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। भुसालको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।

उपसभामुखको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । मतदान भोलि हुनेछ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १ : १४ बजे

एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)

काठमाडौं– पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरु

नयाँदिल्ली– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स

‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक स्थल नमोबुद्धमा

बाबुरामको बैठकमा पुगे डीपी र जनार्दन

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना