विवाहको बारेमा बोलिन् पूजा « Khabarhub

विवाहको बारेमा बोलिन् पूजा


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री पूजा शर्माले विवाह आफूले चाहे अनुसार नहुने बताएकी छिन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’ को प्रचारप्रसारको क्रममा रहेकी पूजाले आफूले विवाहको तयारी गर्दा समेत नभएको बताइन् । ‘मैँले यो मान्छे बाहेक अरूसँग विवाह नै गर्दिन भनेर सोचेको थिएँ । विवाह गर्छु भनेर आफू तयार समेत भएँ। तर, विवाह भएन । त्यसैले विवाह कहिले को सँग हुन्छ भन्ने नै थाहा हुँदैन’ उनले भनिन् ।

हाल युद्ध बनियासँग प्रेम रहेकी पूजाको विवाहको चर्चा बेलाबखतमा हुने गरेको छ । उनले विवाहको तयारी नभएको समेत बताइन्। ‘विवाह हुन्छ तर अहिले कहाँ ? कसरी भन्ने सोचेका छैन । किनकि पहिला पनि सोचियो मात्र, भएन’ पूजाले भनिन् । उनले फिल्मको बारेमा कुरा गर्दै आफूलाई छायांकनमा गएको फिल नै नभएको बताइन् । ‘पारिवारिक माहोल थियो । त्यहाँ छायांकन गरेको जस्तो नै भएन । निर्माताहरुले राम्रोसँग फिल्मको काम गर्नु भयो’ उनले भनिन् । पूजाले ट्राइल शोमा फिल्म हेर्दा आफू भावुक भएको समेत बताइन् ।

‘फिल्म हेर्दा म रोएको थिएँ । फिल्मलाई हामीले इमानदारिताका साथ तयार गरेका छौँ’ उनले भनिन् । फिल्म ‘सम्झना बिर्सना’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा पूजासँगै आकाश श्रेष्ठ , छुल्ठिम गुरुङ, सुनिल थापा लगायतका कलाकारहरू छन् । दार्जिलिङमा छायांकन गरिएको फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।

प्रेम र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सम्झना बिर्सना’ बाट पहिलो पटक नेपाली फिल्ममा निर्देशकीय डेब्यु गरेका प्रधान फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने सेतु बन्ने बताउँछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  २ : २५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच