देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा « Khabarhub

देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

श्रीलंकामा ज्यानको जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर सैनिकको सुरक्षामा माल्दिभ्स भागेका थिए ।

समाचार संस्था बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाउन थालेका छन् ।

गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । प्रदर्शनकारीले उनको पनि राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ३२ बजे

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार