उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै « Khabarhub

उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।

आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागित मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ।

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन। सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमतको अवस्था देखिएको छ।

हिजो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ३२ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा