इंग्ल्यान्डसँग भारत पराजित « Khabarhub

इंग्ल्यान्डसँग भारत पराजित


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो । इंग्ल्यान्डका मोईन अलीले  ४७ रन बनाए। डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ५२ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी