उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै « Khabarhub

उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ।

उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्।

१३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। अन्त्यमा पछि हटेको थियो। नेकपा एमालेले पनि लोसपालाई सघाउने बताएको थियो। तर लोसपामा उम्मेदवार नै नबनाउने भनेपछि एमालेले भट्टराईलाई अघि सारेको हो।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपाले पनि गठबन्धनका उम्मेदवारलाई साथ दिने सम्भावना छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : १५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी