प्रतिनिधि सभाको आजको दोस्रो बैठकबाट चुनिँदै उपसभामुख (कार्यसूचीसहित) « Khabarhub

प्रतिनिधि सभाको आजको दोस्रो बैठकबाट चुनिँदै उपसभामुख (कार्यसूचीसहित)


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन्।

संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ।

पहिलो बैठकमा नागरिकता विधेयकमाथिको छलफल हुनेछ भने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची छ।

दोस्रो बैठकको सुरुमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। उनको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्ने कार्यसूची रहेको छ।

यस्तै नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईले निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछिन्।

उनको प्रस्तावलाई कृष्णभक्त पोखरेलले समर्थन गर्ने कार्यसूची रहेको छ। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्नेछन् ।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई उपसभामुखको लागि भिड्दैछन्।

हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी