ट्रम्पकी पूर्वपत्नी इभानाको निधन « Khabarhub

ट्रम्पकी पूर्वपत्नी इभानाको निधन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित आफ्नै निवासमा ७३ वर्षीया इभाना मृत फेला परेकी हुन् । घरको एउटा सीढी नजिकै बेहोस अवस्थामा फेला परेकोले उनी खसेको हुनसक्ने अनुमान गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

‘उनी अद्भुत, सुन्दर र महान प्रेरणादायी जीवन बाचिन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । डोनाल्ड ट्रम्पले उनीसँग सन् १९७७ मा विवाह गरेका थिए । विवाहको १५ वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । उनीबाट जुनियर डोनाल्ड ट्रम्प, इभान्का र इरिक गरी तीन सन्तान छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ०६ बजे

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

म्याग्दी– धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना

अन्डमान सागरमा डुङ्गा दुर्घटना, २५० बेपत्ता

एजेन्सी– असुरक्षित समुद्री यात्राको जोखिम फेरि एकपटक भयावह रूपमा सतहमा

आईसीसी च्यालेन्ज ट्रफी खेल्ने महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं– आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय

गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि सांसद पदबाटै राजीनामा !

पोखरा- गण्डकी प्रदेशस्थित एकजना नेपाली कांग्रेसका सांसदले मन्त्री हुन नपाएपछि

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार

पाेखरा- गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ ।