आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ « Khabarhub

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ सकिँदैछ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। आज रिट निवेदक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले जवाफ दिनेछन् ।

आज जवाफी बहस सकिएपछि कामु प्रधानन्यायाधीश कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका छन् ।

सरकारले वैशाख १८ मा सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ४७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै