महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता « Khabarhub

महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतको उत्तराखण्ड राज्यको तपोवन, धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलिन लागेका हुन् ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउने कार्यसँगै नदीको जलस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : २६ बजे

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष

‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जनाले लिए सेवा

काठमाडौं– सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार

पाकिस्तानसँगको युद्धका कारण अफगान सीमाका बालबालिकाको सिकाइ प्रभावित

बारिकोट- पाकिस्तानसँगको युद्धका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री