कुवेतमा नेपालीहरूको मन जित्दै हिमालयन रेस्टुरेन्ट   | Khabarhub Khabarhub

कुवेतमा नेपालीहरूको मन जित्दै हिमालयन रेस्टुरेन्ट  



दोहा – रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ मा हिमालयन हाउस एन्ड कफी सप रेस्टुरेन्टको दोस्रो शाखा विस्तार गरेका छन् ।

फर्वानिय एरियामा बस्ने नेपाली लगायतलाई सेवा दिने उदेश्यले रेस्टुरेन्टको शाखा विस्तार गरिएको सञ्चालक मध्येका प्रेम गुरुङले जानकारी दिए । ‘यहाँ अन्य ठाउँबाट आउनलाई यातायातको पनि राम्रो सुविधा रहेको छ।’ उनले भने।

कुवेतमा श्रम गर्न पुगेका प्रेम गुरुङ, उनका मामा राम गुरुङ र भाइ नीर गुरुङको संयुक्त लगानीमा विस्तार गरिएको रेस्टुरेन्टको केहि दिनअघि कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।

उनीहरूले दुई वर्षअघि १८ मे २०२० मा हिमालयन रेस्टुरेन्ट त्यहाँको एम्बेसडोर सुपरमार्केटको छेउमा सलमिया पुरानो सुक, ब्लक ९ मा सञ्चालन ल्याएका थिए।

नयाँ खोलिएको शाखाबाट नेपाली, इंडियन, चाइनिज, फिलिपिनो र भुटानीज खानाको व्यवस्था रहेको छ । ‘हाम्रो योजना भनेको थप शाखा विस्तार गर्दै लैजाने र नेपाली खानलाई प्रमोट गर्ने हो’ उनले खबरहबसँग भनेका छन् ।

सञ्चालक प्रेमको चौतारी रेस्टुरेन्ट कुवेत सिटी मालिया, दाम्पा लाउन्ज सीफुड रेस्टुरेन्ट, शाखा सालमिया र डम्पा लाउन्ज समुद्री खाना रेस्टुरेन्ट फरवानिया पनि लगानी रहेको छ ।

नयाँ शाखामा ३५ हजार कुबेती डिनार लगानी

यस शाखामा तीन जनाको ३५ हजार कुबेती डिनार लगानी रहेको उनले बताए । अरबी र इन्डियन रेस्टुरेन्टहरु पाइला पाइलामा देखिने कुवेतमा नेपाली युवाहरुले रेष्टुरेन्ट सञ्चालन गरेर नेपालीहरूको चौतारी बनाउन चाहेको उनले बताए ।

पछिल्लो समय कुवेतमा हिमालयन रेस्टुरेन्टले नेपालीहरूको मात्र नभई विदेशी नागरिकहरुको पनि मन जित्न सफल भएको उनको दाबी छ । नयाँ शाखा सञ्चालनमा आएसँगै केही नेपाली कामदारलाई प्रत्यक्ष रोजगारीसमेत मिलेको छ ।

पछिल्लो समयमा रोजगारको लागि कुवेत पुगेर व्यापार व्यवसाय गर्ने नेपाली युवाहरूको सङ्ख्या बढ्दो छ । कुवेतमा विभिन्न पेसा गरी करिब ७० हजारको हाराहारीमा नेपालीहरू कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ४० बजे

अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार

बारम्बार नाकमा औँला हाल्ने बानी छ ?

काठमाडौं– नाकमा औँला हाल्ने धेरैको बानी हुन्छ । प्रायः एक्लै

आर्थिक सुझाव आयोगले भन्यो– अर्थतन्त्र सुधारका लागि हस्तक्षेपकारी भूमिका आवश्यक

काठमाडौं – ‘कर्जा वृद्धि कम, घरजग्गाको कारोबारमा ह्रास, सहकारीमा लाखौँ

आहा ! ऐँसेलु (तस्बिरहरू)

काठमाडौं– कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि

ट्रम्पले भन्सार महशुल बढाएपछि चिनियाँ राष्ट्रपति सीले भियतनाम, कम्बोडिया र मलेशियाको भ्रमण गर्ने

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमण गर्ने