भारतमा प्रचण्डको राजनीतिक भेटवार्ता सुरु « Khabarhub

भारतमा प्रचण्डको राजनीतिक भेटवार्ता सुरु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन्।

आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भने भोलि बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।

शुक्रबार भारत गएका प्रचण्ड आइतबार स्वदेश फर्कने तालिका छ । शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले लगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ३५ बजे

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट