प्रधान सेनापति सिग्देल भारत प्रस्थान « Khabarhub

प्रधान सेनापति सिग्देल भारत प्रस्थान


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्‌ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्‌ ।

उनले यही मङ्सिर २६ गतेदेखि मङ्सिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम छ ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधान सेनापतिसहितको भ्रमण दल यही मङ्सिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : १७ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको