रौतहटको बागमतीमा बेपत्ता भएकाको शव फेला « Khabarhub

रौतहटको बागमतीमा बेपत्ता भएकाको शव फेला


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट –धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो ।

गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर–५ बाट परिवारसहित पिकनिक खान आएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।

बुबाआमासहित पिकनिक खान आएका यादव अन्य दुईजनासहित पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा पुगेका थिए, तीनजना मध्ये महाराजा जैसवार र अमर यादव नदीबाट पौडिएर बाहिर निस्के पनि यादव भने बेपत्ता भएका थिए । प्रहरीका अनुसार बाग्मती ब्यारेजमा मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।

यसअघि पनि दुई भारतीयको बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत, बिहार सीतामढी जिल्लाका मयंककुमार जयसवाल र गोलुकुमार भन्ने रितेश  साह बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । केही दिनपछि उनीहरूको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ०१ बजे

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका