जगदीशपुरले नागरिकको जीवनशैली बदल्ने मुख्यमन्त्री केसीको दाबी « Khabarhub

जगदीशपुरले नागरिकको जीवनशैली बदल्ने मुख्यमन्त्री केसीको दाबी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले नागरिकको जीवनशैली बदल्ने बताएका छन् । आज आयोजित ‘बर्ड स्याङ्चुरी’ घोषणा कार्यक्रममा उनले जगदीशपुरमा पाहुना चरासँगै मानिसलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकको जीवनमा परिवर्तन आउने बताए । मुख्यमन्त्री केसीले पाहुना चरालाई बासस्थानसँगै चरालाई यहाँ बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्नुपर्ने बताए ।

उनले विसं २०२८ मा स्थानीय नागरिकहरूको सिँचाइका लागि निर्माण गरेको तालमा अहिले विश्वव्यापीरूपमा रहेका चराको बासस्थान बन्न सफल भएको स्मरण गरे । मुख्यमन्त्री केसीले प्रदेशले बर्ड स्याङ्चुरीको कार्यविधि निर्माण गरिएकाले अब निरन्तर तालको विकास गर्ने बताए । उनले ताललाई जीवनशैलीसँग जोडेर यहाँका नागरिक आत्मनिर्भर बन्न सक्ने जिकिर गरे ।

‘ताल क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटक आउँदा यस्तो भएछ भनेर चर्चा हुने गरी काम हुने छ’, मुख्यमन्त्री केसीले भने, ‘कुन चरालाई कुन वनस्पति मन पर्छ त्यही वनस्पति लगाएर विश्वका थप चरा आउने गरी विकास गर्नेछौँ ।’ उनले लुम्बिनी आउने पर्यटकलाई जगदीशपुर ल्याई घुमाउने वातावरण सिर्जना गरिने बताए । देशकै ठूलो सम्पदाका रूपमा जगदीशपुर ताललाई हेर्न सकिने भएकाले यहाँका नागरिकले पाहुनाघर, घरबास, होटल निर्माण गरी आयआर्जनसँग जोडिन सक्ने मुख्यमन्त्री केसीले बताए । 

फरक प्रसङ्गमा मुख्यमन्त्री केसीले पछिल्लो समयमा केही मान्छेहरूले सङ्घीयता चाहिँदैन भनी भ्रम फैलाएको बताए । उनले लाखौँ जनताका कारणले सङ्घीयता आएकाले यो व्यवस्थाका विरुद्ध ठूलै शक्ति लागिपरेको जिकिर गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ०२ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्