१०० घरधुरीलाई सोलार विद्युत् वितरण  | Khabarhub Khabarhub

 १०० घरधुरीलाई सोलार विद्युत् वितरण 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बोगटान फुड्सिल गाउँपालिकाको वडा नं २ स्थित केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाखको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि उक्त सोलार विद्युत् वितरण गरिएको हो ।

गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका १०० घरधुरीका नागरिकलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, ‘गाउँमा विद्युत् नहुँदा यहाँका नागरिकलाई समस्या थियो, अहिले प्रदेश सरकारको सहयोगमा सोलार विद्युत् वितरण गरिएपछि सहज भएको छ ।’

सोलार सिष्टमबाट कूल २५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको स्थानीयवासी गीता केसीले जानकारी दिए । गाउँमा विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकले राति उज्यालोका लागि सल्लाको दियालो बाल्नुपर्ने समस्याबाट मुक्ति पाउनुका साथै रातिको समयमा गाउँ झिलीमिली भएको छ । सोलार सिष्टमबाट गाउँमा वर्षौँपछि विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकलाई मोबाइल फोन चार्ज गर्नदेखि लिएर टेलिभिजन हेर्न पनि सहज भएको अर्का स्थानीय हेम बमले जानकारी दिए । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : २० बजे

पाल्पाको रामपुर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा

पाल्पा– पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

हेटौँडास्थित अख्तियार कार्यालयमा रौतहटका धेरै उजुरी

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा

टी-२० विश्वकप छनोट: यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं- महिला टी-२० विश्वकप छनोटका लागि नेपालले सोमबार संयुक्त अरब

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु