थारू भाषा, संस्कृति निकै समृद्ध छ : मन्त्री चौधरी « Khabarhub

थारू भाषा, संस्कृति निकै समृद्ध छ : मन्त्री चौधरी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताएका छन् । ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरीको ९१औँ शृङ्खलाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका वेषभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताए ।

थारू जातिका अधिकांश समुदाय मेहेनती, इमानदार र लगनशील रहेको बताउँदै उनले उनीहरूले अब राजनीतिका साथै राज्यका सबै तहमा प्रतिनिधित्व गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । राज्यको मूल प्रवाहमा आउन नसकेका सबै जाति समुदायका आर्थिक, सामाजिक रूपान्तरणका लागि स्थानीय तहले लक्षित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

लेखक एवं पत्रकार कृष्णराज सर्वहारीले कृषि पेशामा संलग्न उनीहरू विभिन्न कारणले शिक्षाको महत्वलाई कम प्राथमिकता दिएकाले शैक्षिक क्षेत्रमा उपस्थिति न्यून रहेको बताउँदै थारू साहित्यका महत्वबारे प्रकाश पारे । उनले थारू भाषाका आफ्ना रचनासमेत वाचन गरे। देशैभरिका प्रतिनिधि थारू लेखक तथा कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यले थारू संस्कृतिलाई थप प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ०७ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा