बिलासी बस्तुको आयात प्रतिबन्ध थप ४४ दिन लम्बियो | Khabarhub Khabarhub

बिलासी बस्तुको आयात प्रतिबन्ध थप ४४ दिन लम्बियो


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन्।

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ३६ बजे

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

लाहोर– पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क