कालो धनलाई सेतो बनाउन गभर्नर हटाउन लागिएको हो : पोखरेल « Khabarhub

कालो धनलाई सेतो बनाउन गभर्नर हटाउन लागिएको हो : पोखरेल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको आरोप  लगाएका छन्।

पोखरामा आइतबार पत्रकारहरूसँग उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुन्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालो धनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधविरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।

एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नमा उनले गलत हल्ला फैलाइएको दाबी गरे। ‘राजधानीमा फेक न्युजका कारखाना छन् । तीनले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यही हो ।’

उनले विराटनगरका मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा राखिएको जानकारी नभएको बताइसकेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ४८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा