धादिङमा बढे डेङ्गुका बिरामी   « Khabarhub

धादिङमा बढे डेङ्गुका बिरामी  


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् ।

बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।

पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।

धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरे।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ०७ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट