नयाँ फिल्ममा अक्षय कुमारको पञ्जाबी लुक्स « Khabarhub

नयाँ फिल्ममा अक्षय कुमारको पञ्जाबी लुक्स


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका ठूला स्टार आमिर खानको फिल्म लाल सिंह चड्डासँग अर्का स्टार अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ भिड्दै छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुबै फिल्म एकसाथ प्रदर्शनमा आँउदै छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् । घोषित डेट सार्ने पक्षमा दुबै स्टार नभएपछि फिल्मको भिडन्त तय छ । दुबै फिल्म सामाजिक कथावस्तुमै निर्माण भएका हुन् ।

यद्यपि अक्षय भने नयाँ फिल्मको छायांकनमा छन् । आमिरसँग उनको फिल्मको भिडन्त हुँदा उनले प्रचारको सट्टा छायांकनलाई समय दिएका छन् । लन्डनमा भइरहेको फिल्ममा उनले पञ्जाबीको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई वाशु भग्नान्नीले निर्माण गर्दै छन् ।

अक्षयले वाशुको कम्पनी पूजा इन्टरटेनमेन्टसँग वेल वटम र सिन्ड्रेलामा काम गरिसकेका छन् । यो उनीसँग तेस्रो सहकारी हुनेछ । फिल्मको छायांकनबाट अक्षयको लुक्स बाहिरिएको छ ।

जहाँ उनी पञ्जाबी अधवैशेको लुक्समा देखिएका छन् । भारतबाट लन्डन पुगेको पञ्जाबीको कथामा फिल्म रहेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई टिनु सुरेश देशाइले निर्देशन गरेका छन् । टिनुले अक्षय अभिनित रुस्तमको निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ५३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि